२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरपालिकाको बेरुजु शून्य दशमलव ३२ प्रतिशत



अ+ अ-

विराटनगर।  छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो । आव २०८०/८१ मा रु २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८/७९ मा रु २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।

जसमा आव २०७८/७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो । २०७८/७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख फछ््र्यौट गरिएको थियो ।

आव २०७९/८० सम्म कूल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उहाँको भनाइ थियो ।

आव २०७९/८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०/८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूल नेतृत्व संहालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै रु दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम रु ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।