२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन’



अ+ अ-

महोत्तरी। नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस महोत्तरीले आज सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो ।

नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरुप हुने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्रको सङ्गठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताउनुभयो । रासस