२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकता- प्रदेश प्रमुख भट्ट



अ+ अ-

पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकता भएकाले समाज र राष्ट्रप्रति जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आयोजित गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणमार्फत पत्रकारिताको धर्म र जिम्मेवारी पूरा गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रमुख भट्टले पत्रकारको सुरक्षाका साथै पत्रकारिता क्षेत्रको विकासमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगत्ले खेलेको भूमिका अविस्मरणीय छ”, उहाँले भन्नुभयो, “पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति इमान्दारिता प्रदर्शन गरिरहेका छन् ।”

प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै उहाँले डिजिटल सञ्चारमाध्यमको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।

“आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको छ । नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत छ”, प्रदेश प्रमुख भट्टले भन्नुभयो, “श्रमजीवी पत्रकारको पेसागत अधिकार सुरक्षित हुनु अपरिहार्य छ ।”

प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पत्रकारिता क्षेत्रमा देखिएको विकृति र विसङ्गतिले जनतामा नकरात्मक सोचको विकास हुन नदिन सत्य, तथ्य समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो ।

उक्त पुरस्कारबाट दुई जना पत्रकार सम्मानित हुनुभएको छ । दोसल्ला, सम्मानपत्रसहित रु २५ हजार राशि रहेको सो पुरस्कार वर्ष–२०८१ बाट केशव पाठक र २०८२ बाट दुर्गा अधिकारी सम्मानित हुनुभएको हो ।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ प्रदेश अध्यक्ष रमेश पौडेल, पुरस्कारदाता परिवारको तर्फबाट सन्तोष भण्डारी, पत्रकार दीपेन्द्र श्रेष्ठ, माधव रेग्मी, भुपाल गुरुङलगायतले पत्रकारिताको विकासमा पुरस्कारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएकाे थियाे । रासस