प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले सोधका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेको बताउनु भयो । जसमा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुने जानकारी दिनुभयो । नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गरेको बताउनु भयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत्र मसान्तसम्ममा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुनेछन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रलयले वार्षिक र भन्सार बिन्दुबाट नियमित रुपमा तथ्यांक राख्ने गरेको व्यहोरा सम्मानित संसदमा जानकारी गराउन चाहन्छु, नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गर्दछ ।’
उहाँले चालु आ.व. ०८१/०८२ मा चैत्र महिनासम्म खाद्यान्नको आयात ४७.८ अर्ब रहेको भन्दै निर्यात ६.२ करोड रहेको बताउनु भयो । खाद्यान्न बालीमा व्यापार घाटा ४७.७ अर्ब, तरकारी बालीको आयात ३१.५२ अर्ब र निर्याततर्फ ४०.८२ करोड देखिएको बताउनु भयो । फलफूल बालीको आयात १८.२ अर्ब र निर्यात १.७ करोड रहेको बताउनु भयो । मन्त्री अधिकारीले सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताउनु भयो ।












