२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्ने तयारीमा छौँः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारलाई थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले लामो समयसम्म निर्माण पूरा गर्न नसकेको र समय मात्रै लिइरहेकाहरुको हकमा सरकारले थप दायित्व नपर्ने गरी ठेक्का फरफारक गर्न सकिन्छ भने ठेक्का फरफारक गर्ने काममा लागेको उल्लेख गर्नुभयो । त्यसका लागि नियमावली पनि परिवर्तन गरिसकेको र म्याद थप गर्न सकिने र सहजताको आधारमा कुनैपनि ठेक्कालाई सर्टआउट गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबका दिनमा सरकारलाई दायित्व नपर्ने गरी यदी ठेक्का फरफारक गर्न सकिन्छ भने ठेक्का फरफारक गर्ने । हामीले नियमावली पनि परिवर्तन गरिसकेका छौँ । जुन म्याद थपको समस्या थियो । म्याद थप गर्न सकिने र सहजताको आधारमा कुनैपनि ठेक्कालाई सर्टआउट गर्न सकिन्छ भन्ने कानूनी प्रावधान रहेको हुँदा राज्यलाई नोक्शान नहुने गरी हामीले त्यस्ता ठेक्का अब अन्तिम निर्णयमा पुग्नेगरी तयारी गरिरहेका छौँ । यसमा दुई तीन वटा कुरा रहेछन् । हाम्रो राज्यको पनि कमजोरी रहेछ । हामीसँग पैसा छैन, समयमा भुक्तानी दिन सकेका छैनौँ । कानूनका झन्झट, रुख कटान, बिजुलीका पोल हटाउने समस्या छ । ठेक्का हामीले दियौँ कसैलाई दुई वर्षसम्म पनि उसको साइड क्लियर भएको छैन । यि सबै कुरा मूल्यांकन गरेर यस्ता ठेक्का अन्तिम रुप दिनुपर्छ, निर्माण व्यवसायीको कमजोरी छ भने त्यसैअनुसारको कारबाही गर्नुपर्छ । कर्मचारीको कमजोरी छ भने त्यसैअनुसार कारबाही गर्नुपर्छ । त्यो पनि हामी खोजिरहेका छौँ ।’

मन्त्री दाहालले दशौं वर्षसम्म कतिपय आयोजनाहरु लथालिङ्ग रहेको उल्लेख गर्दै सरकारले कमजोरीहरु सुधार गर्दै अघि बढ्ने प्रयत्न गरिरहेको बताउनु भयो ।