२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता युवकको जङ्गलमा शव भेटियो



अ+ अ-
बागमती । विगत छ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक युवकको शव नजिकैको जङ्गलमा फेला परेको छ ।
यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका–५ कोइराला डाँडास्थित थली जङ्गलमा शव फेला परेको हो ।
घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जङ्गलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।