२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसदको अभाव, बैठक स्थगित



अ+ अ-

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । सांसदहरुले उक्त प्रश्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रश्तावलाई पारित गर्न प्रक्रिया शुरु गर्नुभयो ।

लगत्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गर्नुभयो । उक्त समयमा प्रतिपक्ष दलका तीन जना मात्रै सांसदहरु संसदमा उपस्थित थिए । नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा प्रश्ताव निर्णयार्थ पेश गर्न ६९ संख्या हुनुपर्नेमा ६५ मात्रै पुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।