२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम थालनी गरेको छ ।

कामपाको ३२ वटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई डेङ्गी सङ्क्रमणका बारेमा जानकारी दिइ समुदायमा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम थालिएको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकलपर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रम पहिलो विद्यालयका रूपमा वडा नं ३ स्थित शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा सम्पन्न भइसकेको छ ।  बर्खायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको भुषालले बताउनुभयो ।

तीन हजार दुई सय विद्यार्थीलाई सचेत बनाएर डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना कामपाको छ ।  “समुदायस्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ”, वडा नं ३ की सदस्य सीता थापाले भन्नुभयो ।  सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले सजगता अपनाउन आवश्यक रहेको कामपा स्वास्थ्य विभागको भनाइ छ । रासस