२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय चिया दिवसमा कायरोमा कला प्रदर्शनी सुरु



अ+ अ-

काठमाडौँ। इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावास, त्यहाँको संस्कृति मन्त्रालय र सार्वजनिक पुस्तकालय कोषले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा आजदेखि नेपाली चियाको ‘सुवास’ नामक कला प्रदर्शनी सुरु गरेको छ ।

यही मे २७ सम्म सञ्चालन हुने प्रदर्शनीमा चिया संस्कृति सम्बन्धी २५ मुलुकका कलाकारका ६० सिर्जना राखिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपाली चियाको प्रवर्द्धन र प्रचारप्रसार कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले नेपालमा चियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै नेपाल र इजिप्टबीच जनस्तरकोसम्बन्ध विस्तारका लागि सो कला प्रदर्शनीले थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकालय कोषका निर्देशक रेडा अल्ताफीले नेपाली राजदूतावासको संयोजनमा भएको प्रदर्शनीले दुई मुलुकबीचको सम्बन्ध विकास र साँंस्कृतिक आदानप्रदानमा योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।

दूतावासका तृतीय सचिव माधवराज काफ्लेले नेपालको चिया संस्कृतिका विविध आयाम तथा नेपालको चियाखेतीको इतिहास, उत्पादन तथा निर्यातसम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

इजिप्ट व्यङ्चित्र सङ्घका अध्यक्ष फौजी मोर्सीले इजिप्टका पर्यटकका लागि नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विरासत आकर्षणको रुपमा रहेको उल्लेख गर्नुभयो । अरबी मुलुकका चिया संस्कृतिका अध्येता मोहम्मद हेजा तथा इजिप्ट चिया व्यवसायी मोहम्मद रशाद तथा मोहम्मद इदले इजिप्ट र नेपालबीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।

समारोहमा चिया व्यवसायी तथा विशेषज्ञ, कलाकार, विद्यार्थी एवम् तथा कूटनीतिज्ञसहित करिब एक सयजना सहभागी थिए । रासस