२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः एमाले नेता कृष्ण अर्याल पक्राउ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो ।

दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई पक्राउ गरी अपराध महाशाखालाई बुझाइएको छ ।

अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ । उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए ।

सहकारीले वर्षौंसम्म पटक–पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते दिगो पर्यटन सहकारी संस्थाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो ।

अदालतको फैसलापछि पनि संस्थाले अर्याललाई पटक पटक रकम भुक्तानी गर्न वा एकमुष्ठ भुक्तानी गर्न नसके ब्याज रकम तिरी नबिकरण गर्न आग्रह गरेको थियो ।

एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्य समेत हुन् भने उनी एमालेबाटै पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।