२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्धिका लागि एकताबद्ध प्रयास अपरिहार्य’



काठमाडौँ, ९ जेठ : नेका नेता साउद-मन्तव्य नेपाली कांग्रेसका नेता एनपी साउद सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रको आयोजना र इन्स्टिच्युट फर लिवरल आर्ट्स एण्ड मिडियाको संयोजनमा आज काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ। राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रियामा उहाँहरूले अस्थिरताको दुष्चक्रबाट मुलुकलाई माथि उकास्न राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिनुभयो ।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनअपेक्षा पूरा गर्नेतर्फ दलहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँहरूले संविधान संशोधनमार्फत राजनीतिक स्थिरता र सुशासनको माध्यमबाट जनअपेक्षा सम्बोधन गरिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धिको यात्रा तय गर्न नसकेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ निश्चित समयसम्म स्थिर सरकार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । “अहिलेको गतिरोधबाट अगाडि जान राष्ट्रिय सहमति चाहिन्छ । दुई तिहाइको सरकार बनेपनि मुलभूत काम गर्न सकेको छैनौँ, स्थिरता दिन सकिएको छैन । सबै दलका नेता एक ठाउँमा बसेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता साउदले विभिन्न नाममा व्यवस्थाका विरूद्धमा सडकमा आउने क्रम देखिएको जनाउँदै संविधान निर्माताले सबैलाई संविधानको दायराभित्र ल्याउने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । ठूलो मेहिनतका साथ संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीति र अर्थतन्त्र एकअर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै आधारभूत विषय सम्बोधन गर्न दृढ सङ्कल्प आवश्यक भएको बताउनुभयो । “वर्तमानको आधारभूत समस्याका बारेमा प्रवेश नगरेसम्म समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो, “राजनीति र अर्थतन्त्रको संरचनात्मक समस्या पहिल्याएर हल गर्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मुलुकमा देखिएको राष्ट्रिय समस्या समाधान गर्न गणतन्त्रको सुदृढीकरण र संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो । “शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा गणतन्त्रको सुदृढीकरण गर्न संविधान संशोधन आवश्यक छ, राष्ट्रियताको रक्षका लागि आर्थिक सुदृढ, कूटनीति तथा सन्तुलित परराष्ट्र नीति र सुरक्षा नीतिको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उपमहासचिव शर्माले संविधानको रक्षा गरी सर्वसुलभ सेवा दिने गरी प्रभावकारी कानुन निर्माण गर्ने, सङ्घीयता, गणतन्त्रलाई थप सुदृढीकरण, समावेशी, निर्वाचन प्रणालीका लागि संविधान संशोधन, न्यायलयको पुनर्संरचनामा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले सुशासन र समृद्धिको चाहना राखेर राजनीतिक परिवर्तन गरेको भए पनि परिवर्तन पछाडि जनअपेक्षा सम्बोधन गर्न दलहरू चुकेको बताउनुभयो ।

वर्तमान राजनीतिक नेतृत्वले जनतालाई कुशासनको उपहार दिइरहने हो भने मुलुक गहिरा सङ्कटमा फस्ने उल्लेख गर्दै उहाँले दलका शीर्ष नेताले आफ्नो कार्यशैलीलाई सुधार्नुपर्ने बताउनुभयो । “गणतन्त्रले आफ्नो नेता पाएन, रोजगारी सिर्जना र सुशासन कायम राख्ने सामथ्र्य नेताहरूमा देखिएन”, उहाँले भन्नुभयो । रासस