२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः शशांक कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आपूm स्पष्ट भएको बताउनुभएको हो ।

गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिनुभयो । नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनु भयो । प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताउनु भयो । उहाँले च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्चपनि उहाँले गल्ती गर्नुभएको छैन । जतिपनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ । हामीले के भनेका छौं भने सभापतिलाई बोलाएर सोध्न भनेका हौं । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरुलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौं । एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनील र राजेन्द्र बजगाईसँग स्पष्टिकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरुसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ ।  प्रधानमन्त्रीको अभिव्यक्तिबारे– म कन्स्नट्रेशनको राजनीतिमा मलाई विश्वास छैन । यो मारकाटका कुरा गर्दा जे पनि हुनसक्छ । यसको समाधानका लागि बसेर छलफल गर्ने हो । मुठभेड गरेर कसैलाई फाइदा पुग्दैन । नेपालको लागि अहिले विकास र स्थिरता चाहिएको छ । स्थिरता र विकासका लागि हामी मिलेर जानुपर्छ । न कि कन्स्नट्रेशनको बाटो । राजनीतिमा च्यालेन्ज फेस गर्न सक्नुपर्छ र त्यसलाई चिर्दै निश्चित बाटो निकाल्न सक्नुपर्छ । यसप्रकारको मुठभेड राष्ट्रको लागि राम्रो होइन ।’

उहाँले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पार्नुभयो ।