२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिको परम्परागत खाद्य पहिचान गरिँदै



अ+ अ-

चितवन। नेपालका आदिवासी जनजातिको परम्परागत खाद्य पहिचान र संरक्षण गर्न आदिवासी जनजातिको क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाहरु जुटेका छन् ।

देशभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरु सौराहामा भेला भएका हुन् । उनीहरुलाई आजदेखि पाँच दिनको आदिवासी जनजाति विधामा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीको परिचयात्मक पद्धतिका विषयमा आजदेखि तालिम सुरु गरिएको छ ।

तालिमको बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्घाटन गर्नुभयो । उहाँले नेपालमा परम्परागत खाद्य बालीका बीउहरु लोप हुँदै गएकाले संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । उहाँले जौ, गिठा भ्याकुर, कागुनो, उवा जस्ता खाद्य बालीहरुको बीउ लोप हुँदै गएको बताउनुभयो । जलवायु परिवर्तनसँगै नेपालको खाद्य प्रणालीमा असर पुगेकाले अन्तरराष्ट्रिय समुदायले यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बागमती प्रदेश सभा सदस्य भारती पाठकले जल, जङ्गल, जमिनसँग खाद्य प्रणालीलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा डा शारदा थपलियाले नेपालमा आदिवासी समुदायले आफ्नो पहिचानका लागि रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादित बालीको संरक्षणका लागि विश्वविद्यालयको पाठ्यक्रममा रैथाने बालीका बारेमा अध्ययन सामग्री राख्न थालिएको जानकारी दिनुभयो ।

आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष युवराज जिरेलले आधुनिकीकरणका कारण परम्परागत खाद्य प्रणालीमा समस्या आएको र बीउ नासिँदै गएको उल्लेख गर्नुभयो । सो अवसरमा ‘एफएओ नेपाल’का प्रमुख केन सिमिजुले विश्वका आदिवासी जनजातिको अवस्था र खाद्य प्रणालीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

एफएओ नेपालले आयोजना गरेको तालिममा २६ संस्थाका ५४ प्रतिनिधिको सहभागिता छ । भारतबाट तीन जना प्रतिनिधि सहभागी छन् । तीन विदेशीसहित १० जना विज्ञले तालिम प्रदान गर्ने जनाइएको छ । तालिममा जैविक ज्ञानमा आधारित जैविक पुनःस्थापनासम्बन्धी विषयमा दुई दिन र आदिवासीको खाना पहिचानसम्बन्धी तीन दिन प्रशिक्षण दिइने एफएओ नेपालले जनाएको छ । रासस