२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ। प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सोमबार काठमाडौंमा एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। लभस्टोरी र कमेडीको मिश्रण भएको ट्रेलरले फिल्मको कथावस्तु झल्काउँछ।

फिल्ममा सौगात मल्ल अविवाहित युवक ‘कमल’को भूमिकामा छन्, जो आमाको हेरचाह गर्ने दुलहीको खोजीमा हुन्छन्। कथावस्तु गरिमा शर्मा (सम्झना) र आसिफ शाहसँगको त्रिकोणात्मक सम्बन्ध वरिपरि घुमेको देखिन्छ।

सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा सौगात, गरिमा र आसिफसँगै लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया लगायत कलाकारको अभिनय छ।

‘जन्ते बाख्रो’ यही जेठ २३ गते नेपालसहित विदेशमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ। टिफल्क फिल्मस्ले नेपालमा वितरण गर्नेछ।