२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षद्वारा संसद अवरोध



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै प्रतिपक्षले संसद अवरोध गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने बताए । उनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।

अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएकोले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे । त्यो नहुँदासम्म सदनको कारबाही अघि बढाउन नदिने बताए ।

यस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।

तस्बिरः किरणराज विष्ट/रासस