२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी पार्टीले गर्यो सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि उनलाई आफ्नै पार्टिबाट पनि निष्काशन गरिएको हो । 

आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पार्टीको साधारण सदस्य निष्कासन गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । कार्यदलले पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । समाजवादीको बैठकले कार्यदलको सुझावका आधारमा दुवै पदबाट निष्काशन गरेको एक नेताले जानकारी दिए ।