२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र जसपाका नेताहरुबीच भेटवार्ता, संसद अधिवेशन अन्त्य गरेको विषयमा समिक्षा



अ+ अ-

काठमाडौं । मंगलबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । भेटका लागि देउवा निवास बुढानीलकण्ठमा जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत  पुगेका थिए ।

भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समिक्षा भएको थियो । ‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’ भेटपछि नेता महतोले भने, ‘संसद अधिवेशन अन्त्य गरेकोमा दुवै दलले असन्तुष्टि व्यक्त गरेका छौं ।’