२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो छाता सहित राजसंस्थापक्षधर सडकमा



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापना , संघियता र धर्म निरपेक्षताको खारेज गर्नु पर्ने माग सििहत आजबाट संयुक्त जनआन्दोलन सुरु भएको छ ।

संयुक्त जनआन्दोलन समितिमा रहेका रहेका दल र समुह प्रर्दशनमा उत्रिएका छन् । आज आन्दोलनको पहिलो दिन शान्तिबाटिका भेला भएर जुलुसले टुँडिखेलको परिक्रमा गर्ने भएको छ ।

काठमाडौंका ७ स्थानबाट राजावादीको जुलुसहरु निस्किएको छ। मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको छ । यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्व गरेको जुलुस सिफलबाट निस्किएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौर ,नयाँ बजारबाट सुरु भएको जुलुसको नेतृत्व डा। प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व केशरबहादुर विष्टले गर्नुभएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विरोधको प्रतिक कालो रङ्ग र मुकुटको प्रतिकको रुपमा छाता (कालो छाता) लिएर सडकमा निस्कएको बताउनु भयो ।

 

 




भर्खरै