२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १८ गतेदेखि बालाजु पौडी पोखरी सबैका लागि खुला गरिने



अ+ अ-

काठमाडौँ । जेठ १८ गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरि पौडी पोखरी सञ्चालन हुन लागेको हो ।

पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिनुभयो । पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ ।

आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीका बिच सम्पन्न सम्झौताबमोजिम संघले १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति उपलब्ध गराउने छ ।

आर्थिक वर्ष २०८१र०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन बमोजिम पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ । बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतका अनुसार पौडीको सिजनको केही समय वितेको हुनाले सिजनल शुल्क नलिने योजना छ ।

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ ।

२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।

पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ । १५० जना क्षमताको दर्शक बस्ने ठाउँ छ भने व्यवस्थित शौचालय र स्नान घर छ ।