२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा रकम बिनाका शिर्षक राखियोः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताउनु भयो । उहाँले धेरै कुराहरु अव्यवहारिक रहेको गुनासो गर्नुभयो ।  प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता नदिएको बताउनु भयो । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शिर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनु भयो ।