२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद



फाईल फोटो
अ+ अ-

पर्सा। सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।

पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको रु दुई लाख ७० हजार मूल्य पर्ने मोटर पाट्र्स बरामद गरेको छ । त्यस्तै गरी रु दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । रासस