२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आज यहाँ आयोजित बजेटपछिको छलफलमा उहाँले मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।”

अन्तरराष्ट्रियस्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उहाँले स्रोत अनुमान ठीकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गर्नुभयो । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ ।”

पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुटछ रु किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ ?”

आर्थिक क्षेत्रको महत्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गर्र्नुभयो । “सत्तामा होइन, आर्थिक विकास र समृद्धिका एजेण्डामा राष्ट्रिय सहमति जुटाउनु पर्नेछ । मुलुकलाई विकास र समृद्धिमा लैजान समग्रतामा पुनःसंरचनाको खाँचो छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “विगतमा अन्तरमन्त्रालयबीच सहयोग र समन्वय हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएकामा त्यसमा सुधारको प्रयत्न गरिएको छ । त्यसैले पुँजीगत खर्च सहजै बढने अनुमान गरिएको छ, युवा लक्षित बजेट भएकाले उनीहरूलाई उत्प्रेरित र योगदानलाई उजागर गर्ने काम भएको छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट आएकाले व्यापार र उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने देखिएकाले निजी क्षेत्रले स्वागत गरेको बताउनुभयो । नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक रहेको भन्दै उहाँले महासङ्घले दिएका सुझाव अधिकांश समेटिएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “वातारणलाई नबिगारी सबै प्रक्रिया पूरा गरी खनिज र नदीजन्य पदार्थको प्रयोग गर्ने कुरा देश र जनताको हितमै छ । लगानी बोर्डलाई शक्तिशाली बनाइएको छ, ऊर्जा क्षेत्रलाई प्राथमिकता दिने र हवाई टिकटमा भ्याट हटाउने विषयलाई सरकारले ध्यान दिनुपर्छ ।”

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले अफ्ठ्यारो परिस्थितिमा आएको बजेट विकासमुखी र महत्वकांक्षी हुनुका साथै आइटी र प्रविधिलाई ध्यानमा राखिएको भन्दै सराहना गर्नुभयो । उहाँले ठूला राष्ट्रबाट आउने अनुदानमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर पर्न गई व्यवसायमा सङ्कुचन आउन सक्नेतर्फ विचार गरी पुनःकर्जाका व्यवस्था गर्न सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष विष्णु अग्रवालले लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल उठाउने ढङ्गबाट बजेट ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीको मनोबल उकास्ने र लगानी आकर्षित गर्ने किसिमबाट बजेट आएको छ, बजेटले सम्भावनाका क्षेत्र कृषि, ऊर्जा, पर्यटन र आइटी क्षेत्रलाई पहिचान गरेको छ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंहले आगामी आर्थिक वर्ष २०८२÷८२ को बजेट समूह लक्षित नभई समग्रमा सबै क्षेत्रलाई समेटेको बताउनुभयो । अटो मोबाइल एशोसिएशन अफ नेपाल ९नाडा० का अध्यक्ष करण चौधरीले बजेटले मुलुकको अर्थतन्त्रलाई उजागर गर्ने उद्देश्य बोकेकाले सकारात्मक आएको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इपपान० का अध्यक्ष गणेश कार्कीले उद्योग व्यवसायका लागि जग्गाको हदबन्दी छुट दिने, जलाशययुक्त आयोजना निर्माण गर्ने गरी आएको बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिनुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले चालु आवको बजेट महत्वकांक्षी भए पनि भड्काउ खालको नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले देशको अर्थतन्त्र उकास्न प्रविधिको उपयोगका साथै वित्तीय क्षेत्रमा असल अभ्यास सुरु गर्ने जमर्को भएको बताउनुभयो ।

अर्थविद् तथा योजना आयोगका पूर्वसदस्य डा रमेश पौडेलले शिक्षा र स्वास्थ्यका क्षेत्रमा अझ बढी विनियोजन गर्न सक्नेतर्फ बजेट निर्माताहरूले ध्यान पु¥याउन नसकेको जनाउँदै बजेट कार्यान्वयन गर्ने जिम्मेवारी निजी क्षेत्रको भएको धारणा राख्नुभयो ।

आयोजक संस्था नाफिजका अध्यक्ष मेनुका कार्कीले निजी क्षेत्रले बजेटको स्वागत गरेजस्तै कार्यान्वयनमा पनि सरकारलाई सघाउनपर्नेमा जोड दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सङ्घीय संसद्मा प्रस्तुत गरेको थियो ।