२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेद्वारा ‘काठका पन्यू’ बनाएर कला प्रदर्शन



अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटेले  काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् ।

जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी राउटेले प्रत्यक्ष कला कार्यशाला (लाइभ आर्ट डेमोस्ट्रेसन)मा आफ्ना मौलिक कला प्रस्तुत गरेका हुन् । राउटेहरूको यो हस्त तथा शिल्पकला दैनिक जीवनमा प्रयोग हुँदै आएको छ ।

ललितकला प्रदर्शनीको इतिहासमा पहिलोपटक काठमाडौँ आएर प्रत्यक्ष कला सिर्जनामा सहभागी हुन एक समूह बनाई चार जना राउटे काठमाडौँ आएका छन् । उक्त समूहले शुक्रबार काठको कोसी (आरी) बनाएर देखाएको थियो भने आज पन्यू बनाएका प्रदर्शन गरेका राष्ट्रिय ललितकला प्रदर्शनीका संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो ।

“उहाँहरूले बनाएका काठका हस्तकलामा यहाँ अवलोकनका लागि आएका कला पारखी लोभिएका छन् । कला पारखीले राउटेका कलाको तस्वीर मात्रै कैद गरेका छैनन् खरिद गरेर पनि लगेका छन्”, उहाँले भन्नुभयो । ललितकला प्रज्ञा प्रतिष्ठानले यसरी लुकेर रहेका राउटेका कलालाई पहिलोपटक सङ्घीय राजधानीमा ल्याएर प्रदर्शन गर्ने अवसर दिएको हो ।

यसबाट समुदायको मौलिक कलाको संरक्षणका साथै व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास गरिएको प्रतिष्ठानका उपकुलपति लामाले बताउनुभयो । उहाँले कला बनाउन दीपक शाही, धयर शाही, बाटुली र सुरमानी शाही आएका जनाउँदै महिला राउटेले हातले चोलो बनाएर आफ्नो कला प्रस्तुत गरेका उल्लेख गर्नुभयो ।

“सधैँ गरिरहेको काम, काठमाडौँ आएर बनायौँ, हामी पैसा लिएर बेच्छौँ”, दीपकले भन्नुभयो, “काठमाडौँमा अली गर्मी रहेछ ।” उहाँले आफूहरूले डाडु, पन्यू, सन्दुक, कोसी बनाउने र बेच्ने गरेको बताउँदै काठमाडौँ आएर कला बनाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिनुभयो ।

गत फागुनमा कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटेका मौलिक सिर्जना र कला प्रदर्शन गरिएको थियो । सोही प्रदर्शनीबाट जोडिएका राउटेलाई पहिलोपटक काठमाडौँ ल्याएर कला सिर्जनामा सहभागी गराइएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो ।

काठमाडौँको प्रदर्शनीमा सूर्यनारायण शाहीले बनाएका पिर्का र ढकनसहित कोसी, लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ ।

यसवर्ष हस्त शिल्पकलामा उहाँहरूले बनाएका कलाले प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुरस्कारको राशिरु  ३० हजार रहेको छ ।

कुलपति हार्तम्छालीले प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प तथा हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक तथा आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायत विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाहरू प्रदर्शनीमा राखिएका जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा राउटे, डोम समुदायसहित छ सय पाँच कलाकारका छ सय ५० भन्दाबढी कलाकृति समावेश छन् । मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कला पनि समावेश छन् । कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने प्रतिष्ठानले जनाएको छ । रासस