२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड हराएः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लाग्नुभएको आरोप लगाउनुभएको छ ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेको बताउनु भयो । उहाँले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहनुभएको जिकिर गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरु संसद अवरुद्ध गर्ने मनोभावमै रहेको बताउँदै संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोक्न नहुने बताउनु भयो । उहाँँले विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरुको बीचमा अलिकति छलफलहरु पनि गरौँ भनेर । उहाँ सम्पर्क आउन चाहि रहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजि गर्दा पनि फेला पर्नुभएको छैन । उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर, देशको, विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’

अध्यक्ष ओलीले यस्ता नचाहिने कामहरु रोक्न जरुरी रहेको बताउनु भयो ।