२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनमा सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह



अ+ अ-

हुम्ला। यहाँस्थित जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।

मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । जल तथा मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारीअनुसार हुम्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर भारी वर्षाको सम्भावना छ ।

त्यसैले बाढी पहिरोको उच्च जोखिम रहेकाले सुरक्षित रहन र विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत सामग्री वितरण प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिप्रका हुम्लाले जनाएको छ ।

स्थानीय तहहरूलाई विपद्को समयमा आफूसँग भएको स्रोतसाधन तयारी अवस्थामा राखी आवश्यकताअनुसार आम नागरिकलाई सतर्कता अपनाउन पहल गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनका कारण यस वर्ष चार लाख ५० हजार बढी घरपरिवार, करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क अपनाउन आग्रह गरिएको हो । रासस