५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको राजीनामालगायत विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्न अहिले विपक्षी दलको बैठक बसिरहेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा संसदको पाँचौ ठूलो दल राप्रपालाई भने बोलाइएको छैन । बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, नेकपा एसबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपाबाट महेन्द्रराय यादवलगायत सहभागी छन् ।

सोमबार संसद सञ्चालन गर्न विपक्षी प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, प्रचण्डले अडान नछोड्दा बैठक बिनानिष्कर्ष सकिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन् ।