५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलको बैठकः यस्ता छन् ३ निष्कर्ष



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न विभिन्न निष्कर्षहरू निकालेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा उनको कार्यकक्षमा आज बसेको बैठकमा अध्यक्ष प्रचण्डसहित रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए ।

रास्वपा सांसद मनिष झाले दिएको जानकारीअनुसार प्रतिपक्ष दलको बैठकको पहिलो चरण बैठक सकिएको छ । उनका अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिनरआयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने निष्कर्ष निकालेको छ ।

साथै आवश्यक छानबिन गर्नको लागि छानबिनको परिणाम नआएसम्म मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्ने कुरा पनि प्रतिपक्षी दलहरूको बैठकले निष्कर्ष निकालेको छ ।

‘तीन बुँदे निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुनु भएको छ,’ झाले भने ।

यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि प्रतिपक्षी दलहरूको माग छ ।