२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीले आईपीएल जितेमा नकुल मेहताले विराट कोहलीको मन्दिर बनाउने



अ+ अ-

एजेन्सी । आईपीएल २०२५ को फाइनल खेल आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र पञ्जाब किंग्स (पीबीकेएस)बीच हुँदैछ । यो खेललाई लिएर दुवै टोलीका फ्यानहरू धेरै उत्साहित छन् ।

यसैबीच, टिभी अभिनेता नकुल मेहताले भने कि यदि आज आरसीबीले जित्यो भने, उनी विराट कोहलीको लागि मन्दिर बनाउनेछन् र विजय माल्याको सबै ऋण पनि चुक्ता गर्नेछन् ।

नकुल मेहताले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । यसमा उनी यसो भन्दै गरेको देखिन्छ–

‘अन्ततः १८ वर्षपछि हामीले कप उचाल्ने दिन आएको छ । श्री १८, निस्सन्देह इतिहासकै उत्कृष्ट आईपीएल खेलाडीले आफ्नो पहिलो ट्रफी उचाल्न लागेका छन् । के तपाईंहरू मेरो साथमा हुनुहुन्छ ? आरसीबी, तीमिले कहिल्यै हार नमान्ने सुन्दरता र आफ्नो धैर्यताको वास्तविक अर्थ सिकाएका छौ । यदि आरसीबीले उपाधि जित्यो भने, म वाचा गर्छु कि म कन्नड सिकेर यो भिडियो फेरि अपलोड गर्नेछु । भैया, म दक्षिण भारतीय नास्ता पनि खान थाल्नेछु । वाई–फाई राम्रो भएको ठाउँमा म जान्छु । तिमीहरु किन यो गर्दैनौ र म यसको लागि सबै गर्छु । म विराट कोहलीको लागि मन्दिर बनाउनेछु, ब्रेकफास्ट, लन्च र डिनरमा मिठो खाना खानेछु । म विजय माल्याको सबै ऋण पनि तिर्नेछु । आज जितेर देखाऊ ।’

नकुलको पोस्टमा फ्यान र सेलिब्रेटीहरूले पनि प्रतिक्रिया दिएका छन् । नकुल मेहताले हालै खुलासा गरेका थिए कि उनी र उनकी श्रीमती जानकीले चाँडै नै आफ्नो दोस्रो बच्चालाई स्वागत गर्नेछन् ।

नकुल टेलिसिरियल ‘इश्कबाज’बाट चर्चामा आएका थिए । उनले ‘बडे अच्छे लगते है’ बाट अवाड पनि जितेका थिए ।