२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताउनु भयो । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उद्यमशिलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशिलताको विकास गर्नुपर्छ । उद्यमशिलताको विकास नगरी जब अपच्र्युनिटी कसरी आउँछ ? हामीले सरकारी जब मात्रै खोज्यौँ भने त कहिले एउटा रिटायर होला र मौका पाउला भन्ने हुन्छ । यो त सिमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि । रोजगारीका अवसरका लागि हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरु रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ । उद्यमशिलतको विकास बाहेक अर्को कुनै उपाय छैन । उद्यमशिलताको विकासमा जोड दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताउनु भयो ।