२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाराम बस्नेतले सम्हाले नेपाली सेनाको जनसम्पर्क नेतृत्व



अ+ अ-

काठमाडौं। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीको पूर्वी पृतना हेडक्वार्टरमा निमित्त प्रमुखका रूपमा सरुवा भएको छ। उपरथी बढुवाको तयारीमा रहेका सहायक रथी केसीलाई जंगीअड्डाले नयाँ जिम्मेवारी दिएको हो।

उनको स्थानमा सहायक रथी राजाराम बस्नेतले सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। बस्नेत हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका महानिर्देशक पनि हुन्।

बिहीबार जिम्मेवारी हस्तान्तरणपछि भएको परिचयात्मक कार्यक्रममा नवनियुक्त सैनिक प्रवक्ता बस्नेतले आफूले सैनिक नागरिक सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने बताए । केसीले सञ्चारकर्मीहरूलाई सहयोगका लागि धन्यवाद दिए।