२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदुल्ला हाइड्रोपावर ठेक्का प्रकरणः अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ ।

डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनि दिनुभएको उजुरीका आधारमा आजको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमललाल मोदीले कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता भएको बताउनु भयो । उहाँले खरिद नियमावली अनुसार जोडिएका विषयहरुमाथि खेलबाड गरिनुले गम्भीर प्रश्न उठेको छ । उहाँले यसबारे लेखा समितिले छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–कुनैपनि ठेक्का लगाउँदा मपदण्ड हुन्छ । मापदण्डमा चार वटा कम्पनी राखिएको थियो । चार वटामा २ वटालाई पहिल्यै फालिए । उनीहरुको मापदण्ड पुगेन । दुई वटा कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेण्ट जोवाइन्ट कम्पनी जुन छ , जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरुले लिएर कपि पेस्ट गरेर राखेका रहेछन् । ति डकुमेन्टहरु गुगलमा राखेर चेक गर्नुपर्छ । उनीहरुले पेश गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न । गाउँ छ, शहर छ, त्यो लोकेशनमा कुनै हाइड्रोपावर देखिन्न । त्यहाँ कुनै कम्पनी पनि छैन । अर्काको कम्पनी लिएर, अर्काले काम गरेको सर्टिफिकेट लिएर, त्यही मोडलमा एकैपटक हालिएको छ । त्यसैलाई जगदुल्ला कम्पनीले त्यहाँको मुल्यांकन समितिले त्यसैलाई सदर गरेको रहेछ । यो गम्भीर कुरा हो ।’

नेपाली काँग्रेस सांसद राजन केसीले झुटो जालसाझी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गर्नुभयो । उहाँले भन्नुभयो–‘नक्कली डकुमेण्टका बारेमा प्रश्न उठेको छ । सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गरौं । त्यतिनजेल केही काम अघि नबढान निर्देशन दिनुपर्छ ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरुबारे प्राविधिकहरुलाई राखेर छानविन गरिनुपर्ने बताउनु भयो । उहाँले दुवैतिर ख्याल गरेर छानविन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘हामी खासै कुरा बुझ्दैनांै । टेक्निकल मान्छे राखेर डकुमेण्ट चेक गराउनुपर्छ । अहिले ठेक्का आफूले नपाएपछि जालझेल गरेर रोक्ने टे«न पनि छ, हामीले ख्याल गर्नुपर्छ ।’

केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको थियो । लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् ।