२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान



अ+ अ-

काठमाडौँ । १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो ।

सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताउनु भयो । उहाँले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिनुभयो । नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताउनु भयो । नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताउनु भयो । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक वर्ष चीन सरकारको निमन्त्रणामा चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा यो सम्मेलन मकाओमा भइरहेको छ । मकाओ सरकारको आयोजनामा लगानी सम्मेलन हुन्छ । हरेक वर्ष हामीले भाग लिँदै गर्दा नेपालमा लगानीको उपयुक्त वातावरण छ । यहाँ लगानीको सम्भावना धेरै छन् । लगानीको बारेमा पैरवी गर्दै आएका छौँ । यस वर्ष विशेष गरी कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकालज्यु र नेपाल लगानी बोर्डबाट पनि केही सदस्य साथीहरु जाँदै हुनुहुन्छ । उहाँहरुले नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र छ । निर्माण व्यवसायी महासंघको नेतृत्व गर्दै मैले पनि सहभागिता जनाएको छु । लगानीमा सबैको शेयर भन्ने नारा छ । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक छ । त्यो लगानीमा सबै लगानीकर्ता, लगानी गर्ने मुलुक र त्यहाँका जनतालाई लाभ हुनेबारेमा छलफल गर्नेछौँ । ९ तारिकदेखि १३ सम्म मकाओमा यो समिट हुँदैछ, यो १६ औं सम्मेलन हो ।’

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताउनु भयो ।




भर्खरै