२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण



अ+ अ-

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गर्नुभएको हो ।

उहाँले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना संक्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनानु तिब्र गतिमा बढीरहेको छ । विगतका ९ दिनमा तीन हजार चार सय २३ जना संक्रमित थपिएका र ५८ जनाको मृत्यु भइसकेको छ । नेपालबाट हजारौंको संख्यामा नेपाली कामदार भारत जाने र भारतबाट पनि रोजगारीका लागि नेपाल आउने गरेको यथार्थलाई मध्यनजर राखी नेपाल सरकारले सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउने । सीमा आवागमन सहज र सुरक्षित बनाउने । परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्ने । भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने । विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी योजना र रणनीति तुरुन्त कार्यान्वयनमा ल्याउन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।’

उहाँले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।