२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव



अ+ अ-

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौं भएको कार्यक्रममा उहाँले संघीय सरकारमा बसेकाहरुको  मानशिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताउनुभएको हो । उहाँकाअनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप छैन ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले भन्नुभयो– ‘मैले बजेट हेरँे । जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट छ । अल्लि दुब्लो पातलो मन्त्री भएकोमा अल्लि कम बजेट । सांसद पनि सत्तारुढवालालाई अलि बढी, बाँकीलाई त छैन । यो न्यायोचित हो त ? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट । भुपु प्रमको जिल्लामा बजेट नै बजेट । तर अरु ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन । यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैटी नै हो । ’

उहाँकाअनुसार आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको छ । यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने बताउनु भयो ।