२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ महानगर सिप मेला: रोजगारको लागि सिपको अबसर उपयोग गर्न मेयर बालेनको आग्रह



अ+ अ-

काठमाडौँ: २०८२ युवालाई तालिम दिने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेशासँग सम्बन्धित १ सय घण्टे तालिम सञ्चालन गरिरहेको छ ।

तालिमबारे सामाजिक संञ्जाल मार्फत जानकारी दिदै मेयर बालेन शाहले रोजगारको लागि सिपको अबसर उपयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरु सिप मेलाका कक्षाहरुमा मिहनेत गरेर सिप सिकिरहनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको हो । गएको आर्थिक वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको छ । यसअन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइनेछ । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।

सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने मेलाको लक्ष्य हो । १० वटा विधामा ३७ वटा पेशासँग सम्बन्धित तालिम पूर्ण निःशुल्क हुन् ।

मेलामा आइसीटी क्षेत्रका ७ वटा पेशा, श्रृङ्गार अर्थात् ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेशाका तालिम चलिरहेका छन् । यस्तै विशेष क्षमता सहयोगी तालिम हाउसकिपिङ (पीडब्लुडी) र डाउन सिन्ड्रोम, अटिजमका सहजकर्ताका लागि केयर सर्भिस गरेर २ वटा विधाका तालिम चलेका छन् ।

इलेक्ट्रिक्सतर्फ ल्यापटप रिपेयर टेक्निसियन, एसी र रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ र मोबाइल रिपेयरिङ गरी ४ वटा विधाका तालिम चलेका छन्। गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी २ विधाका तालिम चलेका छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ र वेल्डिङ गरी ३ विधाका तालिम चलेका छन्।

हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ विधा, अटोमोबाइल्समा इलेक्ट्रिक भेइकल (ईभी) मेन्टेनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कूटर मर्मत गरी ३ विधाका तालिम चलेका छन् । आर्ट एण्ड स्कल्प्चरमा थाङ्का र सेरामिक्स (टेराकोटा) गरी २ विधासँग सम्बन्धित तालिम छन्।

मेलामा ज्योतिष र पुरोहित सम्बन्धी, कृषितर्फ फूलको सजावट (फ्लावर डेकोरेसन) र स्टक मार्केट सम्बन्धी तालिम चलिरहेका छन्।

सम्भव भएसम्म न्यारेसनमा भनिएका विधा देखाउने । सम्बन्धित विधा देखाउन नसकिएका ठाउँमा वाइड सट र एम्बिएसन सटको प्रयोग गर्ने
तालिम सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य गरिएको छ ।

दोस्रो संस्करणका लागि अर्थात् यस वर्षको तालिमका लागि अहिलेसम्म १४ हजार ७४८ जनाले आवेदकले तालिमका लागि अनलाइनबाट निवेदन दिनुभएको छ । यसमा ६ हजार ५२२ जना महिला, ८ हजार २०८ जना पुरुष र १८ जना एलजीबीटीआईक्यूहुनु हुन्छ ।

तालिमका लागि सबैभन्दा धेरै आवेदन बारिस्ता, डिजिटल मार्केटिङ र ब्युटिसियन पेशाका लागि प्राप्त भएका छन्। जसमध्ये २ हजार ५४८ जनालाई छनोट गरेर तालिममा सहभागी गराइएको छ ।

तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ ।

हरेक प्रशिक्षार्थीलेले १ सय घण्टाको तालिम प्राप्त गर्नुहुनेछ । मेलाको अन्त्यमा रोजगार मेला आयोजना गरेर आफूले सिप सिकेको क्षेत्रसँग सम्बन्धित निजी, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रका व्यक्तित्वहरुसँग अन्तरक्रियात्मक छलफल गराउने योजना छ । तालिमपछि उहाँहरुलाई अन द वब ट्रेनिङ्, स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ ।

निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरुलाई रोजगार मेलाको अवलोकन गर्न र सीभी राइटिङ्, अन्तर्वार्ता दिने सिप विकास जस्ता १ दिनमै सिप सिक्न सकिने तालिममा सहभागी हुन चाहने व्यक्तित्वहरुका लागि काठमाडौँ महानगरपालिका हार्दिक स्वागत गर्दछ । तालिम अवधिमा यहाँहरु आउन सक्नुहुनेछ ।

धन्यवाद




भर्खरै