२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको सुरुङबाट हमास कमाण्डर मोहम्मद सिनवारको शव बरामद भएको इजरायलको दाबी



अ+ अ-

इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङबाट हमासका सैन्य शाखाका प्रमुख मोहम्मद सिनवारको शव बरामद गरी इजरायल लगेको बताएको छ । सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो ।

हमासको रफाह ब्रिगेडका कमाण्डर सिनवार र मुहम्मद शबानेहलाई मे १३ मा इजरायली सेना र शिन बेट गुप्तचर एजेन्सीले सुरुङमा मारेको थियो । गत बुधवारदेखि भारी हवाई आक्रमणमा शुरु भएको क्षेत्रमा छापा मार्ने क्रममा शवहरू फेला परेका थिए । छापा अझै जारी रहेको सेनाले बताएको छ । अपरेशनको क्रममा थप शवहरू बरामद गरिएको र तिनीहरूको पहिचान जाँच भइरहेको छ बताइएको छ ।

मे महिनाको अन्त्यतिर इजरायली सेनाले पहिलो पटक सिनवार हवाई आक्रमणमा मारिएको बताएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूले आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए । ४९ वर्षीय सिनवारलाई इजरायली सेनाले हमासको सबैभन्दा वरिष्ठ र लामो समयदेखि सेवा गरिरहेका कमाण्डरहरूमध्ये एकको रूपमा वर्णन गरेको थियो । जसले अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा मुख्य भुमिका खेलेका थिए । उनी गाजाका पूर्व हमास नेता याह्या सिनवारका कान्छा भाइ थिए । जसलाई अक्टोबर २०२४ मा इजरायली सेनाले मारेको थियो ।

इजरायली आक्रमणहरूले प्यालेस्टिनीहरूमाथि आक्रमण जारी राखेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५४ हजार ८ सय ८० पुगेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले हालसम्म १ लाख २६ हजार २ सय २७ जना घाइते भएका छन् ।




भर्खरै