२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित



अ+ अ-

धनुषा, २७ जेठः मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएको थियो ।

सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उहाँले सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।

यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । रासस