१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलको बैठक जारी



fille
अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच केहीबेर अघिदेखि छलफल सुरू भएको हो ।

छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै प्रतीपक्षले लामो समयदेखि प्रतिनिधि सभा बैठक चल्न दिएका छैनन् ।

संसदको अवरोध खुलाउनका लागि रास्वपाले पाँच बुँदासहितको प्रस्ताव तयार पारेको छ । सोही प्रस्तावबारे साझा धारणा बनाउन प्रतिपक्षी दलहरुको बैठक बसिरहेको बुझिएको छ ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।




भर्खरै