२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह



अ+ अ-

भक्तपुर। देशका सञ्चारमाध्यमले बालश्रम एवं बालअधिकारको सवालमा प्रभावकारी ढङ्गबाट समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् ।

बालश्रमविरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा आज बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको बालश्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रममा सहभागीले बालबालिकाको समाचारलाई मिडियाले थप चासोका साथ ठाउँ दिनुपर्ने औँल्याउनुभएको हो ।

समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा सम्पन्न कार्यक्रममा सिविसका एड्भोकेसी एड्भाइजर तथा बालअधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रुपमा श्रममा रहेको तथ्याङ्क राख्नुभयो ।

‘बालश्रम–खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले श्रममा रहेका ११ लाख बालबालिकामध्ये करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्कमा आधारित रहेर प्रस्तुत गर्नुभएको कार्यपत्रमा ५ देखि १७ वर्ष उमर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको बताउनुभयो । सिविसले ४०० बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको बताउनुभयो ।

बालअधिकारकमी घिमिरेले बालश्रम अन्त्यका लागि राज्यले गौरवको योजनाका रुपमा राजनीतिक एजेण्डा बनाएर अगाडि लैजानुपर्ने औँल्याउँदै बालश्रम अन्त्यका लागि बालश्रमिक रहेको क्षेत्रको अनुगमन, तथ्याङ्क सङ्कलन, अभिभावक शिक्षा, नागरिक अभियान तीनै तहका सरकारको चासो र बालश्रमलाई नाई भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सिविसको अध्यक्ष विमला ज्ञवालीले घरेलु बालश्रम दण्डनीय अपराध भए पनि कारबाही प्रक्रियामा लैजान र बालश्रम अत्यका लागि मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले ३० वर्षदेखि बालश्रमिक अन्त्यका लागि सिविसले कार्यक्रम गर्दै आएको बताउँदै मिडियाले बालश्रम अन्त्यका लागि निरन्तर कलम चलाए यो सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मीले निरन्तर रुपमा बालबालिकाको सवालमा समाचार सम्प्रेषण गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले आचारसंहिताविपरीत कतिपय समाचार र तस्बिर प्रकाशित भएको तर बालश्रम अन्त्यका लागि समाचार आउन नसकेको बताउनुभयो । उहाँले समाचारका विभिन्न विषयमाथि चर्चा गर्नुभयो ।

कार्यक्रममा सहभागी विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले बालमैत्री पत्रकारिता आजको आवश्यकता भएको औँल्याउँदै सम्पादक तहमा पनि यसबारे चर्चा गर्नुपर्ने र डिजिटल युगअनुसारको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिविसका महासचिव अनिता पाण्डेले सञ्चारकर्मीले बालअधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस