२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो



अ+ अ-

एजेन्सी । मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढेको छ ।

मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखले बढेको देशको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । पशुपालन क्षेत्र मङ्गोलियाली अर्थतन्त्रको मुख्य स्तम्भहरू मध्ये एक हो ।

देशको घुमन्ते जनसंख्याको लगभग ४० प्रतिशत यसमा निर्भर गर्दछ । यद्यपि कठोर र लामो जाडोको कारण्म मङ्गोलियाका अधिकांश घुमन्ते गोठालाहरूले प्रत्येक वर्ष पशुधन गुमाउँछन् । जसले गर्दा उनीहरूको जीविकोपार्जनमा कमी आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२४ को अन्त्यमा मङ्गोलियामा ५ करोड ७६ लाख पशुधन थिए ।