२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ जिप दुर्घटना अपडेट :  घाइते तथा मृतकको पहिचान खुल्यो



अ+ अ-

बागलुङ। आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए । रासस