२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री, बलियो देखिँदै लाइनअप



अ+ अ-

काठमाडौं। चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो ।

सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । जहाँ उनको तारिफ भएको थियो । यसअघि पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् ।

“मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,” मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन्, “यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु ।”

उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन् । ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन ।

अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन । तर, हालसम्मका कलाकार हेर्दा बलियो लाइनअप ‘मिरमिरे’मा देखिने निश्चित देखिएको छ ।

‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । उनले सिनेमा राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।