२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताउनुभउको छ ।

प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उहाँले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताउनुभएको हो ।

उहाँले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताउनु भयो । सहमति गरिसकेर मात्रै सभँ सञ्चलन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज अर्थमन्त्रीज्यु बजेट प्रश्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नारबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’

उहाँले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गर्नुभयो ।