२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण



अ+ अ-

सुनसरी। यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ ।

नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममाफएत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २३ थान पावर टिलर, २० थान मिनि टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ । यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।

उहाँले भन्नुभयो, “कृषकहरुले परिश्रम गरिरहेका छन् तर उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, नगरपालिकाले वितरण गरेको यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।”

नगरपालिकाले वर्षेनी कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएको छ । रासस




भर्खरै