२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने प्रदर्शनमा दुर्गा प्रसाईँको भिडियो खिच्ने दाहाल ५ हजार धरौटीमा रिहा



अ+ अ-

काठमाडौँ । नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

दाहालले चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडियो खिचेका थिए । प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए ।

उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो । सोही दिनदेखि फरार भएका दाहाल अदालतमा बयानका लागि उपस्थित भएका थिए ।

प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडियो प्रकाशचन्द्रले नै कैद गरेका थिए ।