२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाका पीडितलाई उक्साएको आरोप लागेपछि रास्वपा नेतृ सुमना श्रेष्ठ आक्रोसित



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणका पीडितलाई उक्साएको आरोपसहित भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उहाँ रुष्ट हुनुभएको छ । सांसद श्रेष्ठले आफूविरुद्ध सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको आरोप लगाउनुभएको हो ।

श्रेष्ठले हिजो एक विज्ञप्ति जारी गर्दै आफूले कसैलाई अख्तियारमा उजुरी दिन निर्देशन नदिएको दाबी गर्नुभएको छ । आफूमाथि लागेको आरोप पूर्णत: गलत र भ्रामक भएको उहाँको दाबी छ ।

सार्वजनिक भिडिओमा सांसद श्रेष्ठले ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको, उजुरीको निवेदन लेखिदिएको र त्यसमा गृहमन्त्री रमेश लेखकको समेत नाम उल्लेख गर्न लगाएको आरोप लगाइएको थियो ।

“मेरो निर्देशनमा यस्तो काम भयो भन्ने अफवाहप्रति खेदप्रकटसहित खण्डन गर्दछु । यो मेरो चरित्रहत्या गर्न गरिएको सुनियोजित प्रयास हो,” उहाँले भन्नुभएको छ ।

“जनप्रतिनिधिको हैसियतले जनताको गुनासो सुन्नु मेरो कर्तव्य हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “मैले उहाँहरूको समस्या सुनेर कानुनी उपचारतर्फ जान सुझाव दिएलगत्तै संसद भवनतर्फ लागेकी थिएँ ।”

उहाँले व्यक्तिले व्यक्तिलाई ठगी गरेको मुद्दा अख्तियारको क्षेत्राधिकारमा नपर्ने र यस्तो सुझाव दिनु पीडितलाई थप पीडा दिनुसरह हुने तर्क गर्नुभएको छ । “असम्बन्धित निकायमा उजुरी गर्दा पीडित पुन: पीडित हुन्छन् र पैसा फिर्ता पाउने प्रक्रियामा कुनै प्रगति हुँदैन । यस्तो सुझावले उल्टै पीडितलाई थकाउने काम मात्र हुन्छ,” उहाँले भन्नुभएको छ ।

सांसद श्रेष्ठले यस्तो गलत कार्य रास्वपाको कार्यालयमा भएको हो भने त्यसबारे छानबिन हुनुपर्ने समेत बताउनुभएको छ । यस विषयमा पार्टीका कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराइसकेको र पार्टीले सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको उहाँको भनाइ छ ।