२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौँ युवा ठगिएको विषय उठाउँदा सरकारले नजरअन्दाज गर्योः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको बताएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताएका हुन् ।

सरकारले लाखौँ नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ । संसदमा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपहरुको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको उनको आरोप छ ।

उनले भने, ‘हामीले लाखौँलाख ठगिएको विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ ? गृहमन्त्रीज्यूले संसदमा आएर भूइँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो । तर त्रिभुवन विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ?’