१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी सम्झौता संसदबाट पारित हुनुपर्छ : सहमहामन्त्री महत



अ+ अ-

नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गर्नुभएको छ । कांग्रेस महासमिति सदस्य एवं नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा आज  कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,  “कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।”

मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौता संसद्बाट पारित गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

 काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले एक जुट भएर सङ्गठन निर्माण गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेसका जिल्ला सभापति विष्णु पौडेल, प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तालगायतले शर्माको योगदानबारे प्रकाश पार्नुभएको थियो । गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो ।




भर्खरै