२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्ः रविन्द्र मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छायाँ पर्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौँ जिल्ला अदालतबाट ३ लाख धरौटीमा रिहा भएका मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘म न्यायलयप्रति आभारी छु । निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस् । न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु ।’ उनले भनेका छन् ।

५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि अहिले सामान्य अवस्थामा फर्किएको जनाउँदै उनले ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको पनि बताए ।

कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको आफ्नो अटल विश्वास र दृढतामा कुनै कमी नआएको भन्दै मिश्रले अबको कानुनी संघर्षमा पनि न्यायलयबाट न्याय पाउनेमा विश्वस्त रहेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –

८२ दिनपछिको पोस्ट:
१. राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्दपी लामो कानूनी प्रकृया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म न्यायलयप्रति आभारी छु। निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु।

२. ५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु। यी कठिन दिनहरूमा मलाई निस्वार्थ ढङ्गबाट आत्म विश्वास दिने, साथ र समर्थन दिने देश-विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन। सशक्त अधिवक्ताहरूको दरो र निस्वार्थ साथ नभइदिएको भए आजको स्थिति संभव हुने थिएन। सबैलाई नमन गर्दछु!

३. अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्यै कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु।

४. कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन।

५. भावी कानुनी संघर्षमा पनि न्यायलयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त छु। सबैप्रति पुन: एकपटक आभार प्रकट गर्दछु!
आजलाई यत्ति नै।




भर्खरै