१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादबारे छलफल गर्दै नेकपा स्थायी कमिटी बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको शुक्रबारको नेकपा स्थायी समिति बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीमा विवाद तथा समस्या समाधानका लागि भारतसँग भएका प्रयासका बारेमा शुक्रबार छलफल भएको छ । नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरी संविधान संशोधन भइसकेको सम्बन्धमा बैठकमा चर्चा भएको बताउनुभयो । बैठकमा भूमि फिर्ता लिन गरिएका प्रयासबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको समेत उहाँले बताउनुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले भारतसँग भएका विभिन्न बेलाका सन्धि, सम्झौता र छलफलको प्रगतिको विषयमा जानकारी गराउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटक सम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराउनुभएको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताउनुभएको थियो । यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारी समेत गराउनुभएको थियो । बैठकमा सीमा क्षेत्रमा डुवानको समस्या, अपराधिक गतिविधि, लगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् । नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानुपर्ने नेताहरुले बताए । बैठक शनिबार ११ बजे बस्ने गरी सम्पन्न भएको छ ।




भर्खरै